सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौैं, जेठ २३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्