आफ्नो गठबन्धनलाई लगातार तेस्रो पटकसम्म जिताएको भन्दै मोदीको धन्यवाद ट्वीट


 


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटकसम्म आफ्नो गठबन्धनलाई जिताएको भन्दै भारतीय मतदाता तथा जनतालाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा आएर उनले यसो हुनु ‘भारतीय इतिहासको एक अभूतपूर्व पल’ भएको बताएका छन् ।

उनले आफ्ना सबै कार्यकर्तालाई धन्यवाद पनि भनेका छन् । अहिलेसम्मको भारतको ५४३ क्षेत्रमा बिजेपी गठबन्धनको २९२ सिट आउने आंकलन आएको छ । २७२ सिट हुँदा बहुमत पुग्छ ।

नेसनल डिभेलपमेन्ट अलायन्स (एनडीए) अर्थात राष्ट्रिय विकास गठबन्धन बनाएर मोदीको दल बीजेपी सन् २०२४ को चुनावमा होमिएको थियो । यो गठबन्धनले सन् २०१४ को चुनावमा ३३६ सिट ल्याएको थियो । जसमा बीजेपी एक्लैको २८२ सिट आएको थियो । त्यस्तै, एनडीएले सन् २०१९ को चुनावमा ३५३ सिट ल्याएको थियो जसमा बीजेपीको एकल सीट ३०३ थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्