उद्योग वाणिज्य महासङ्घद्वारा स्टार्टअप नीतिको स्वागत


 


काठमाडौँ, २२ जेठ । सरकारले स्टार्टअप नीति, २०८१ पारित गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घले खुसी व्यक्त गरेको छ ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप नीति कार्यान्वयनमा आउनु महत्वपूर्ण कोसेढुङ्गा भएको बताएको छ ।

महासङ्घले तयार पारेको स्टार्टअप मस्यौदा थप परिस्कृत गरी सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको थियो । यो नीति समग्र निजी क्षेत्रका लागि महत्वपूर्ण रहेको महासङ्घले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,“आज यहाँ आयोजित कार्यक्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि स्टार्टअप नीति ल्याउन लामो समयदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासङ्घअन्तर्गतको स्टार्टअप एण्ड इन्नोभेसन फोरमले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको थियो । महासङ्घले तयार पारेको नीतिको मस्यौदालाई थप परिस्कृत गरी कार्यान्वयनमा ल्याउनु हामी सबैका लागि सुखद् कुरा हो ।”

त्यस्तै, उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसालले स्टार्टअप नीतिले अङ्गीकार गरेकोे स्टार्टअपको परिभाषा, स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तरसम्बन्ध, स्टार्टअप वर्ष २०३० र स्टार्टअप कर्जाहरूका विषयमा प्रकाश पार्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्