मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रचण्ड, दलहरुसंग परामर्श


 


काठमाडौँ, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

मन्त्रीपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूबिच परामर्श थालेका छन् ।

सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई समेटर मन्त्रीपरिषद् पुनर्गठन गर्ने लगायत विषयमा सत्ता घटक दलहरूसँग परामर्श गरेका हुन् ।

भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठन, मधेस सरकार गठन, सुदूरपश्चिम सरकार विस्तार लगायत संसद्को काम कारबाहीबारे छलफल भएको बताइएको छ । यद्यपि यसबारे कुनै निष्कर्ष निष्कर्ष निस्किएको छैन ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्