अर्थमन्त्री नभएपछि बजेटमाथिको छलफल स्थगित


 


काठमाडौँ, २२ जेठ । अर्थमन्त्री वर्षमान पुन उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री पुनको खोजी गरिएपछि बैठक स्थगित गरिएको हो ।

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्रीको खोजी गरेका हुन् ।

बोल्न रोस्ट्रममा पुगेपछि उनले अर्थमन्त्री बैठकमा नदेखिएको बताए । उनले आफ्नो कुरा अर्थमन्त्रीले नसुने कुन मन्त्रीले सुन्ने ? भन्दै प्रश्न गरे ।

जवाफमा सभामुखको आसनमा रहेकी उपभामुख इन्दिरा रानामगरले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा जवाफ दिन गएको जानकारी दिँदै लिङदेनलाई आफ्नो भनाइ राख्न आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्