भरूवा बन्दुक, बारूद र छर्रासहित एक जना पक्राउ


 


सुनसरी, जेठ २२ । धरान उपमहानगरपालिका–१७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट एक थान भरूवा बन्दुक, बारुद र छर्रासहित एक जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका–१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राईलाई सोमबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्