काठमाडौँको ताकेश्वरमा घरमा चोरी


 


काठमाडौँ, जेठ २२ । काठमाडौँको ताकेश्वर नगरपालिका–८ मा सोमबार चोरी भएको छ ।

जरंखु गौरीगाउँ डेरा गरी बस्ने २६ वर्षीया सपना डङ्गोलको कोठाबाट कोही नभएको अवस्थामा सुनका गहरगहना चोरी भएको हो । प्रहरीका अनुसार ७ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्