नेपाल पत्रकार महासंघको चुनाव सर्ने


 


काठमाडौँ, जेठ २२ । नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ ।

जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए ।

जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र कुनै नाममाथि उजुरी परेको छ वा विवाद छ भने त्यसलाई महासंघले गठन गरेको समितिले सच्याएर निर्वाचन समितिलाई बुझाउने सहमति बनेको उनले बताए ।

अब ३१–३२ गतेतिर चुनाव हुने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्