सुनको मूल्य आज बढ्यो, कति पुग्यो ?


 


काठमाडौं, जेठ २२ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी आज तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्