सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, जेठ २१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चादीको मूल्य तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्