जापानमा गयो शक्तिशाली भूकम्प


 


एजेन्सी । जापानको इशिकावा प्रिफेक्चरमा शक्तिशाली भूकम्प गएको छ ।

सोमबार बिहान जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

भूकम्पबाट तत्काल क्षतिको विवरण आएको छैन भने सुनामीको चेतावनी पनि जारी नगरिएको बताइएको छ ।

यसअघि अप्रिल १ मा पनि जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्