लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगन्जमा सेवा विस्तार


 


काठमाडौं, जेठ २० । लक्ष्मी सनराइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ।

नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा नं. २, कार्काँदोचोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा नं. १८ स्थित पुष्पलालचोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिने छ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ।

साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको वडा नं. ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा नं। ७, नारायणस्थान (साविक सनराइज बैंकको शाखा रहेको स्थान भन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१८ एटिएम, २८ एक्स्टेन्सन काउन्टरर १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन्।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्