राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


 


काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसदभवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

त्यसपछि ‘आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यता, विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘सुरक्षित कारोबार (पहिलोसंशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्