सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?


 


काठमाडौं, जेठ १८ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

सुनको मूल्य आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्