दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने
दार्चुला १७ जेठ । दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ ।
आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
चीनको तिब्बत (बुराङकाउन्टी)का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग आज भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको हो । सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल (वीच्याट)बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द छ ।
प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार