अत्याधिक गर्मीले कैलालीमा एक जनाको मृत्यु


 


धनगढी, जेठ १७ । अत्यधिक गर्मीका कारण कैलालीमा एक जनाको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दियाबाट कैलालीको मसुरिया हुँदै हसुलियाका लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा सवार रानाको गर्मीले बसमै मृत भेटिएको ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दले बताए ।

उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ । यसैबीच, गर्मीले जनजीवन कष्टकर बनेपछि कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयहरु केही समयको लागि बन्द गरिएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्