भारतलाई ठुलो धक्का, पाकिस्तानले पनि गर्यो बाबर–३ मिसाइलको परिक्षण


 


एजेन्सी ।
पाकिस्तान पहिलो पटक पनडुब्बीबाट मार हान्न सकिने क्रुज मिसाइल बाबर–३ को परीक्षण गर्न सफल भएको छ ।

सो मिसाइलले ४ सय ५० किलोमिटर टाढासम्म मार हान्न सक्ने पाकिस्तानका इन्टर सर्भिसेज पब्लिक रिलेशनका महानिर्देशक मेजर जनरल आसिफ गफुरले जनाएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानी सेना प्रमुख कमर जाभेद वाजवाले सफल परीक्षणका लागि काम गर्ने सम्पूर्ण टिमलाई बधाई दिएका छन् ।

पाकिस्तानले परीक्षण गरेको बाबर–३ क्रुज मिसाइल बाबर–२ को उन्नत संस्करण हो । बाबर–२ को परीक्षण गत डिसेम्बरमा गरिएको थियो ।

पाकिस्तानले बाबर–३ स्वदेशी प्रविधिबाट निर्माण गरिएको जानकारी दिएको छ । बाबर–३ केही अत्याधुनिक विशेषता रहेको जनाइएको छ ।

प्रधानमन्त्री नवाज सरिफले बाबर–३ को सफल परीक्षणका लागि सेनालाई बधाई दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘बाबर–३ को सफल परीक्षण पाकिस्तानी प्रोद्यौगिकी क्षमता वृद्धि तथा आत्मनिर्भरताको एक परिचायक हो ।

उनले पाकिस्तान सधैं शान्तिपूर्ण सह–अस्तित्वको नीतिबाट चल्ने भएपनि यो परीक्षण भरोसायुक्त न्युनतम प्रतिरोधको नीतिको दिशामा एक कदम भएको बताइएको छ ।

यद्यपि सो मिसाइल कुन क्षेत्रबाट परिक्षण गरेको भन्ने चाँहि समाचार माध्यमहरुले खुलाएका छैनन् ।

दुई हप्ता अघि मात्रै भारतले अन्तरमहाद्वीपीय व्लाष्टिक मिसाइल अग्नी–५ को परीक्षण गरेको थियो । जसले ५ हजार देखि ५५ सय किलोमिटर परसम्म मार हान्न सक्ने बताइएको छ ।

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्