गर्मीका कारण बिहारमा एक दिनमा १४ जनाको मृत्यु


 


पटना । लगातार बढ्दै गइरहेको गर्मीका कारण भारतको बिहार राज्यमा २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

बुधवारको गर्मीले राज्यमा १४ जनाको मृत्यु भएको र कयौँ विद्यालयमा शिक्षक र विद्यार्थीसमेत गरेर ३३७ जना बिरामी भएका थिए ।

गर्मी बढेपछि मौसम विभागले बिहीबारका लागि राज्यको कयौँ जिल्लामा अलर्ट जारी गरेको छ ।

पछिल्लो समय गर्मी बढिरहँदा भारतका कयौँ राज्यमा हिटस्ट्रोकका कारण मर्नेको सङ्ख्या बढेको छ । उत्तर प्रदेशमा बुधबार एकै दिन ५१ जनाको मृत्यु भएको खबर आएको थियो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्