श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने


 



कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले यस वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय नरिवल समुदायको ६०औँ अधिवेशन र मन्त्रिस्तरीय बैठक आयोजना गर्ने प्रस्तावलाई अनुमोदन गरेको सूचना विभागले जनाएको छ ।

  विदेशी मुद्रा आर्जन बढाउन, सदस्य राष्ट्रहरूबीच श्रीलङ्काको नरिवल उद्योगलाई प्रवर्द्धन गर्न र नरिवल क्षेत्रका प्रमुख सरोकारवालाहरूबीचको सहकार्यमा सुधार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ ।

 नरिवल विकास प्राधिकरणले आर्जन गरेको आम्दानी र यस क्षेत्रमा विभिन्न निजी संस्थाको योगदानलाई प्रयोग गरी कार्यक्रम आयोजना गर्ने कृषि तथा वृक्षरोपण उद्योगमन्त्री महिन्दा अमरवीराको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको विभागले जनाएको छ ।

   श्रीलङ्काको निर्यात विकास बोर्डका अनुसार मुलकमा कूल कृषि उत्पादनमा नरिवलको हिस्सा करिब १२ प्रतिशत रहेको छ । 

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्