कार्यालय प्रमुख मृत भेटिए


 


चितवन, पुस २६

भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमल गौतम सोमबार साँझ भरतपुर उपमहानगरपालिका–१ रामनगरको जङ्गलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पर्वत जिल्लाको राम्जा देउराली स्थायी घर भएका ४५ वर्षीय गौतम साँझ ७ बजेतिर मृतावस्थामा फेला परेका हुन् ।

रामनगर बजारबाट करिब दुई किमी जङ्गलभित्र उनी भेटिएका थिए । शव आज बिहान परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुल्न नसकेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनी छ दिनअघि विभाग जाने भनी कार्यालयबाट हिँडेका थिए ।

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्