जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने – ओली


 


काठमाडौं, पुस २६

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका  छन । ओलीले  राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप समेत लगाए । झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको आज स्थानीय रानामिलमा शिलान्यास गद ओलीले मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लागिपर्ने धारणा राखे ।

पूर्वप्रधान मन्त्री समेत रहेका ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा नेता अग्नि खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको भन्दै त्यसका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्