संसद बैठक आज पनि बस्दै


 


काठमाडौं, पुस २६

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी अर्थ समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची छ । त्यसअघि शून्य तथा विशेष समयमा सांसदहरूले समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गर्नेछन ।

हिजो स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक र निर्वाचन विधेयक सैद्धान्तिक रूपमा पारित भएको छ । स्थानीय निर्वाचनका लागि महत्त्वपूर्ण दुवै विधेयकमा कुनै संशोधन दर्ता गर्न चाहेमा सांसदहरूलाई ७२ घण्टाको समय दिइएको छ ।

निर्वाचनसम्बन्धी विधयेकको सैद्धान्तिक छलफल सकिएकाले सांसदहरुलाई संशोधनका लागि समय दिइएको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्