सुनकाे भाउ लगातार उकालाे, अाज पनि बढ्याे मूल्य


 


काठमाडौं, पुस २६

आजपनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५३ हजार आठ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर प्रतितोला ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ७ सय ८५ रूपैयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्