सुनको मूल्य बढ्यो, कति छ आज तोलाको ?


 


काठमाडौं, जेठ १४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्