राष्ट्रिय भावनालाई नागरिकसमक्ष पुर्याउने कलाकर्मीलाई उच्च सम्मान हुन्छः मुख्यमन्त्री कार्की


 



मोरङ, १३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले देशको भूगोल, झण्डा र राष्ट्रिय भावनालाई जनतासमक्ष पु¥याउने कलाकर्मीलाई उच्च सम्मान गरिने बताउनुभयो ।

गायक सुमित खड्काको ‘देशले खोजेको मान्छे’ (राष्ट्रिय गीतहरुको सँगालो) एल्वमको आज विराटनगरमा विमोचन गर्दै उहाँले गायक खड्काले राष्ट्रिय गीतहरुका माध्यमबाट मुलुकका सम्पूर्ण नागरिक वीचमा राष्ट्रिय एकता जोड्न सफल हुनु भएकामा खुसी समेत व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको गौरवका रुपमा रहनुभएका गायक सुमित खड्काले राष्ट्रिय गीत पाँच सय १४ वटा गाएर विश्व कीर्तिमान कायम गर्नुभएको खुसी व्यक्त गर्दै वधाई समेत दिनुभयो । उहाँले प्रदेश सरकारले आगामी असोज महिनामा गायक खड्कालाई गिनिज वुक विश्व रिकर्ड प्रमाणपत्र वितरण समारोह भव्यरुपमा आयोजना गर्र्ने जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समितिका सञ्चालक समितिका सदस्य एवं सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलले आगामी दिनमा समाजमा लुकेर रहेका प्रतिभालाई वाहिर ल्याउन सहयोग गर्ने बताउनुभयो ।

कोशी प्रदेशसभाका सदस्य भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य सङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य महेश रेग्मीले राष्ट्रिय भावनालाई एकजुट पु¥याउन गीतले योगदान पु¥याएको विचार राखेका छन् । सो अवसरमा गायक खड्काले एल्बमको गीत प्रस्तुत गर्नुभएको थियो । विमोचित एल्बलमा विभिन्न गीतकारका आठवटा रचना रहनाका साथै सङ्गीत शक्ति बल्लभले दिनुभएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्