हिरासतमा रहेका कान्तिपुरका अध्यक्ष सिरोहिया अस्पतालमा भर्ना


 


जनकपुर, १२ जेठ । नागरिकता किर्ते सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद थपेको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्