स्ववियु निवार्चनको सम्बन्धमा सत्तारुढ दलहरुकै भातृ संगठनबीच फोडाफोड


 


काठमाडौं, पुस २६
राजधानीको पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवैतर्फका केहि विद्यार्थी घाइते भएका छन् ।

दुइ विद्यार्थी संगठनबीच आइतबार झडप भएको हो । झडपमा परी नेविसंघकी नेतृ सीता मिजार तथा क्रान्तिकारीकी इकाइ अध्यक्ष वषन्ता भण्डारी घाइते भएका छन् ।

स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि गरेको भित्ते लेखनका विषयलाई लिएर झडप भएको घाइतेहरुले बताएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्