काकाको हत्या गरेको अभियोगमा भतिजा पक्राउ


 


सल्यान, जेठ ११ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डनराज बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डन राजले जेठ ४ गते कुटपिट गर्दा गम्भीर घाइते भएका घनश्यामको जिल्ला अस्पताल सल्यान हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारपश्चात घर ल्याउने क्रममा बिहीबार बाटोमै मृत्यु भएको थियो ।

घटना सार्वजनिक भएपश्चात इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्