व्यास नगरपालिकाका मेयरको पुनः मतगणना असार २ गते


 


पोखरा, जेठ ११ । तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना आगामी असार २ गते हुने भएको छ ।

उच्च अदालत पोखराले दिएको आदेशको पूर्ण पाठमा असार २ गते बिहान १० बजेदेखि मतगणना सुरु हुने उल्लेख छ ।

यसअघि यही जेठ २ गते भएको संक्षिप्त आदेशमा पुनः गणना गर्नुपर्ने फैसला गरेकोमा पूर्ण पाठमा १ महिनाभित्रै गणना गरी प्रतिवेदन पेस गर्न भनेको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्