नेपाल प्रहरीका १४९ प्रहरी निरीक्षक दीक्षित


 


काठमाडौं, जेठ ११ । नेपाल प्रहरीका आधारभूत तालिम लिएका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।

शुक्रबार बिहान काठमाडौंको महाराजगन्जस्थित तालिम केन्द्रमा आधारभूत तालिम १–१८२ औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको हो ।

उक्त समूहमा एकैपटक १४९ जना दीक्षान्त भएका छन्। जसमा १३१ जना पुरूष र १८ जना महिला प्रहरी निरीक्षक छन्।

तीमध्ये प्रशिक्षार्थी प्रहरी निरीक्षक पवनकुमार परियार सर्वप्रथम भएका छन्। त्यस्तै सगुन खड्का सर्वद्वितीय र आयुष ढुंगाना सर्वतृतीय भएका छन् । उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार समेत प्रदान गरेका थिए ।

त्यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताए । सुरक्षा फौजमा रहेर देशको सेवा गर्ने अवसर सबैलाई प्राप्त नहुने उनले बताए ।

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्