सुनको मूल्य आज थप घट्यो


 


काठमाडौं, जेठ ११ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज थप घटेको छ ।

सुन आज तोलामा एक हजार आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्