छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको ‘निर्णायक’ बैठक बस्दै


 


काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको आज पनि बस्दैछ ।

बैठक बिहान साढे ८ बजे सिंहदरवारस्थित कानून मन्त्रालयमा बस्न लागेको हो । हिजो निष्कर्षविहीन भएको बैठक आजका लागि बोलाइएको थियो । आजको बैठक अन्तिम भएको बताइएको छ । आज सहमति गर्ने भनिएको छ।

कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको छ ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्।

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्