मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी हुँदा आठको मृत्यु


 



मस्को । रुसको राजधानी मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अभियोजकहरूका अनुसार रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा दुई तले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको थियो । गाउँको छेउमा रहेको उक्त भवनबाट दुई जनाको उद्धार गरिएको तर आठ जनाको शव फेला परेको उद्धारकर्मीहरूले बताएका छन् ।

“अनुसन्धानकर्मीहरूका अनुसार एक २३ वर्षीय व्यक्तिले उक्त घर भाडामा लिएका थिए, घरलाई पछि रुसमा दर्ता नगरिएका विदेशी नागरिकहरूलाई भाडामा दिइएको थियो”, अभियोजकहरूले भनेका छन् ।

अग्निनियन्त्रकहरूले भित्ताका केही भाग भत्किएको उक्त भवनमा धुवाँ उडिरहेको भग्नावशेषलाई अवलोकन गरिरहेको भिडियोमा देखाइएको छ । अभियोजकहरूले आगलागीको सम्भावित कारणमा ग्यासलाई अस्वीकार गरेका छन् । 

अवैध आप्रवासनलाई रोक्ने आधिकारिक प्रयासहरूका बाबजुद कानूनी हैसियतबिना हजारौँ विदेशी रुसमा बस्ने गरेको विश्वास गरिन्छ ।मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अभियोजकहरूका अनुसार रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा दुई तले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको थियो । गाउँको छेउमा रहेको उक्त भवनबाट दुई जनाको उद्धार गरिएको तर आठ जनाको शव फेला परेको उद्धारकर्मीहरूले बताएका छन् ।

“अनुसन्धानकर्मीहरूका अनुसार एक २३ वर्षीय व्यक्तिले उक्त घर भाडामा लिएका थिए, घरलाई पछि रुसमा दर्ता नगरिएका विदेशी नागरिकहरूलाई भाडामा दिइएको थियो”, अभियोजकहरूले भनेका छन् ।

अग्निनियन्त्रकहरूले भित्ताका केही भाग भत्किएको उक्त भवनमा धुवाँ उडिरहेको भग्नावशेषलाई अवलोकन गरिरहेको भिडियोमा देखाइएको छ । अभियोजकहरूले आगलागीको सम्भावित कारणमा ग्यासलाई अस्वीकार गरेका छन् ।

अवैध आप्रवासनलाई रोक्ने आधिकारिक प्रयासहरूका बाबजुद कानूनी हैसियतबिना हजारौँ विदेशी रुसमा बस्ने गरेको विश्वास गरिन्छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्