तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला


 


विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ यही जेठ १९ गते आयोजना गर्न लागिएको सांग्रिला साइकल र्यालीका लागि रजिष्ट्रशन खुला गरेको छ ।

बैंकले सो साइकल ¥यालीमा सहभागी हुन चाहने इच्छुकहरुले जेठ १६ गतेसम्ममा यसको लिंक जततउकस्ररधधध।कजबलनचष्बिदबलप।अयmरअथअभिचबििथर मा निशुल्क दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गर्नु अनुरोध गरेको छ ।

उक्त साइकल ¥याली जेठ १९ गते बिहान ७ बजेदेखि सानो गौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानो गौचरन मैदानमा पुगी समापन गरिने जानकारी दिइएको छ ।

बैंकले यस साइकल ¥यालीले वातावरण संरक्षणप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसाथ गर्दै इन्धनको मितव्ययीता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ती समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ ‘सेभ फ्युल, सेभ इन्भाइरोमेन्ट’ भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बंैकले निरन्तरता दिँदै जाने जनाएको छ ।

सो साइकल ¥यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ । विगत वर्षहरुमा झै यस वर्षको तेस्रो साइकल र्याली समेत भब्य रुपमा समापन हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्