जहाजले ठक्कर दिँदा स्टेसन प्रमुख काठमाडौँ रिफर


 


सुर्खेत, जेठ १० । हिमाली जिल्ला मुगुको ताल्चा विमानस्थलमा उड्न लागेको जहाजले ठक्कर दिँदा घाइते भएका विमानस्थल प्रमुख धीरेन्द्र भामलाई काठमाडौँ रिफर गरिएको छ ।

आज १२ बजेतिर ताल्चाबाट नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर जहाजको अघिल्लो भागको पङ्खाले ठक्कर लागेर घाइते भएका भामलाई नेपालगञ्जबाट कामाठाडौं रेफर गरिएको हो ।

घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि त्यहाँ उपचार हुन सकेन ।

जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी, प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार भामले जहाजका चालकलाई जहाज उडान गर्न सङ्केत गरिरहेका थिए । जहाज बिस्तारै गुडिरहेका बेला चालकले बोलाएपछि भाम जहाजतर्फ गइरहेका थिए । त्यही बेला जहाजको अघिल्लो भागको पङ्खाले ठक्कर दिएपछि उनी घाइते भएका हुन् । भामको टाउको गम्भीर चोट लागेको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्