कांग्रेसको मागमा सरकार गम्भीर देखिएनः प्रवक्ता डा महत


 


ललितपुर, ९ जेठ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको गर्नुपर्ने माग दोहोर्याएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको मागमा सरकार गम्भीर नभएको आरोपसमेत लगाएको छ ।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सहकारीको रकम अपचलनसम्बन्धी निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने पार्टीको मागमा सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्