सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैङ्कले लगानी गर्ने


 



काठमाडौं, ९ जेठ । बागमती नदीमा निर्माण हुन लागेको ४१.३१४ मेघावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराइज बैङ्कको अगुवाइमा बैङ्कहरूले लगानी गर्ने सम्झौता भएको छ ।


सनराइजको अगुवाइमा सहवित्तियकरणमा सहभागी बैङ्कहरू र सुपर बागमती हाइड्रोपावर बिच लागानीको सम्झौता भएको हो ।
ललितपुर र मकवानपुर जिल्ला स्थित सो आयोजनाको कूल लागत ९ अर्ब २८ करोड रहेको छ ।
सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२, मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति लिई २०८० आषाढ २५ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रक्सन रहेका छन् ।


सो परियोजनामा बैङ्कहरूले लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्धक संस्थापकहरूको लगानी रहने छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्