महालक्ष्मी विकास बैङ्कद्वारा छात्रवृत्ति वितरण


 



काठमाडौं । महालक्ष्मी विकास बैङ्कले नन्दी माध्यामिक विद्यालय नक्सालमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैङ्कले ३० औं वार्षिकोत्सवको अवसर पारेर मण्डललाई ५० हजार रुपैयाको छात्रवृत्ति दिएको हो ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैङ्कको एक महत्वपूर्ण संस्था तत्कालिन मनकामना विकास बैङ्कका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठका छोरा तथा मनकामना दर्शन प्रालिका निर्देशक राजेश बाबु क्षेष्ठले विद्यालयका पदाधिकारीहरू र बैङ्क व्यवस्थापनको रोहबरमा मण्डललाई हस्तान्तरण गनुभएको हो ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले पचास हजार रुपैया बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैङ्कले जनाएको छ ।
उक्त कार्यक्रममा राजेश बाबु श्रेष्ठले नेपालमै अवसरहरुरू रहेको र देशमा उत्पादित जनशक्तिले आफ्नै देशमा रहेर देशको लागि योगदान पुर्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्