भक्तपुरमा ढोका फोडेर सुनका गहना चोरी


 


भक्तपुर, जेठ ९ । मध्यपुर ठिमी नगरपालिका–४ नयाठिमी चोक डेरा गरी बस्ने ३० वर्षीया कमला त्रिपाठीको कोठाको ढोकाको ताला फोडेर सुनका विभिन्न गहना गरी करिब ३ लाख ५७ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

उनको कोठाबाट मंगलबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नलाई प्रहरीले खोजी गर्नुका सार्थ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्