होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकद्वारा विशेष छुट सम्झौता


 


पोखरा । पर्यटकीय सदरमुकामपोखरा को लेकसाइड माअवस्थितहोटल सरोवर प्रा.लि रकिङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बुधबार छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजयनकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवाहरुमा बिशेस छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथामनोरञ्जन सुबिधामा बिशेस छुट प्राप्तगर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।
नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि राख्नु भएको प्रा.डा. भरत पहारीद्घारा सन्चालीत होटल सरोवर पोखराको लेकसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवा तथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ ।

किङ्गस लाउन्जपोखरा युवातथा सँगितपे्रमी लक्षित होटल तथा रेष्टुरेण्टको रुपमा बहुचर्चित पाइन्छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधीबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं”मुलनाराका साथमा बैंकिङ्गएवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधीमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्जपोखरा प्रबन्धक मदनश्रेष्ठ लगायतकोउपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्