कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु


 


काठमाडौँ, जेठ ९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गर्दै आइरहेको छ ।

यसै क्रममा बुधबार प्रहरीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेपछि कांग्रेसले त्यसको पनि विरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्