सिरोहियाविरुद्ध आज म्याद थप हुँदै, सोमबार अदालतमा उपस्थित गराउने तयारी


 


काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध आज म्याद थप हुँदैछ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई म्याद थपका लागि सोमबार प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको हो ।

मंगलबार साँझ पक्राउ परेका उनलाई धनुषा प्रहरीको हिरासतमा राखिएको छ ।

उनलाई स्थलमार्ग हुँदै बुधबार प्रहरीले जनकपुरधाम पुर्‍याएको हो । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियाे ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्