तीनवटै तहको निर्वाचन  हुन्छ – निधि


 


काठमाडौं, पुस २५

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुने दाबी गरेका छन । बज्रवाराही नगरपालिकाको तेस्रो नगरपरिषद्को आज उद्घाटन गर्दै निधिले तोकिएकै समयमा स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन हुने बताए ।

संविधान कार्यान्वयनको जिम्मेवारी सरकारको रहेको भन्दै निधिले आमनागरिकले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । निधिले संविधान संशोधन प्रस्ताव विभिन्न बाधा अड्चनबीच संसद्मा पेस भएको भन्दै प्रस्ताव पारी हुनेमा शंका नगर्न आग्रह गर्दै स्थानीय निकायको निर्वाचनमा जुट्न सबैलाई आग्रह गरे ।

नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले आर्थिक वर्ष २०७४-७५ को आयतर्फ कुल एक अर्ब ३९ करोड दुई लाख २४ हजार ८ सय रहने अनुमानित बजेट सार्वजनिक गरे । आन्तरिक आयतर्फ दुई करोड ९० लाख ७३ हजार ५२४ र गत वर्षको मौज्दात रु ५४ लाख १८ हजार ४७६ रहेको जनाइएको छ ।

यसैगरी साविक गाविस चापागाउँ, लेले र झरुवाराशिको मौज्दात जिम्मेवारी सर्ने रकम रु ४७ लाख ४५ हजार र बाह्य स्रोत एक अर्ब ३५ करोड ९८ लाख सात हजार ८ सय रहने अनुमान गरेको छ । यसैगरी नगरपालिकाको व्ययतर्फ रु एक अर्ब ३९ करोड २२ लाख चार हजार ८ सय रहने जनाइएको छ ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्