गृहमन्त्री लामिछानेसंग ८० तोला सुन, कति छ सबै सम्पत्ति ?


 


काठमाडौँ, जेठ ८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज (मंगलबार) श्रीमती निकिता पौडेलसहित आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् ।

यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।

यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।

यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको विवरण पेस गरेका छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्