संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने प्रधानमन्त्री को भनाई


 


चितवन, पुस २५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने बताउनु भएको छ । प्रेस सेन्टर चितवनले आज भरतपुरमा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहको निर्वाचन गरि संबिधान कार्यान्वयन गरेर मात्रै सरकारबाट बाहिरिने बताए । प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पेश गर्ने क्रममा संसदमा एमालेले गरेको विरोध सहमति अनुसार नै भएको पनि दाबी गरे ।

एमालेले संसदमा अवरोध गर्ने र सरकारले संशोधन प्रक्रिया अघि बढाउने सहमति भएको भन्दै दाहालले बाहिर राजनीतिक किचलो जस्तो देखिए पनि आन्तरिक रुपमा सबै कुरा मिलिसकेको बताए । यस्तै , प्रधानमन्त्री दाहालले पुरक बजेट ल्याउने सम्भावनाबारे सम्बन्धित निकायमा छलफल भइरहेको पनि बताएका छन ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्