थलीमा मृत भेटिएका व्यक्तिकी छोरी बबरमहलबाट पक्राउ


 


काठमाडौं, जेठ ८ । काठमाडौंको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको छ ।

भक्तपुर नगरपालिका–७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए ।

उनको घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा शव भेटिएको थियो ।

नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ ।

घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्