सुनको मूल्य आज घट्यो, कति छ तोलाको ?


 


काठमाडौं, जेठ ८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्