प्रतिपक्षलाई बेलमै थुनेर प्रचण्डलाई विश्वासको मत


 


काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी सिटको पंक्तिमा रहेका दलहरूको नाराजुलुस र विरोधका बाबजुत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् ।

सभामुखसहित सत्तापक्षको बलमा प्रतिपक्षीको नारा जुलुससहित सदन अवरोधलाई जबरजस्त पेलेर प्रधानमन्त्री दाहालले एउटै कार्यकालमा चौथोपटक सोमबार विश्वासको मत प्राप्त गरेका हुन् ।

विपक्षीको चर्को नाराबाजीका बीच सभामुख देवराज घिमिरेको निर्देशनअनुसार मर्यादा पालकहरूको सहायतामा रोस्ट्रममा पुगेका प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत प्रदान गर्न सदनमा प्रस्ताव राखेका थिए ।

उक्त प्रस्तावअनुसार मत विभाजनमा सहभागी १ सय ५८ सांसदमध्ये विश्वासको मतको पक्षमा १ सय ५७ मत परेको छ।

विपक्षमा शून्य मत परेको छ भने तटस्थमा १ मत परेको सभामुख घिमिरेले सभालाई जानकारी गराए । विपक्षी कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपाललगायत दलहरू सभामुखबाट बजरजस्त गरिएको सदन सञ्चालन बहिष्कार गरेका थिए। नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्