सहकारी छानबिन प्रकरण : कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै


 


काठमाडौं । सहकारीको रकम अपचलनको विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज बस्दैछ ।

आज बिहान नौ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्