संशोधन प्रस्ताव विफल पार्ने नेपालको दाबी


 


काठमाडौं, पुस २५

नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधन प्रस्ताव विफल पार्ने दाबी गरेका छन् । विराटनगरमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले प्रतिपक्षी दल सबैको विरोध र असहमति हुँदाहुँदै पनि सभामुखले संसद्को रुलिङ विपरीत विधेयक दर्ता गराएको आरोप लगाए ।

संसदीय मूल्य र मान्यताविपरित सरकारले जबरजस्ती संविधान संशोधन विधेयक संसदमा पेश गरेको भन्दै उनले यसअघि प्रतिपक्षको विरोध र असहमति हुँदा संसद् बैठक स्थगित गर्ने चलन रहँदै आएकोमा त्यसविपरीत गएर संशोधन विधेयक दर्ता गराउनु अशोभनीय भएको जिकीर गरे । संसदमा जबरजस्ती पेश गरिएको संविधान संशोधनको प्रस्ताव जसरी पनि विफल तुल्याएरै छाड्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्